काठमान्डाै । राष्ट्रिय अंपायर तथा स्कोररहरुको क्षमता अभिवृद्धिका लागि दुई दिने रिफ्रेसर कोर्स काठमाण्डौमा सुरु भएको छ ।
शुक्रवार क्रिकेट अंपायर स्कोरर एशोसियसन नेपाल (कुसान)कोे आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा उक्त रिफ्रेसर कोर्स सुरु भएको हो ।
उक्त कार्यक्रमलाई क्यानका अध्यक्ष चतुराबहादुर चन्दले एक कार्यक्रमका बिच उद्घाटन गर्दै नेपाली राष्ट्रिय अम्पायरहरूलाई यस प्रकारका प्रशिक्षणले उनीहरूको क्षमता बढाउन सहयोग पुग्ने बताए ।
प्रतियोगितामा सहभागि हुने अम्पायरहरू उनीहरूको क्षमता बढाउने तथा उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि कुसानले गरेको सिफारिस आधारमा अन्तर्राष्ट्रिय सहभागितामा पठाउन क्यानले पहल गर्ने उनले बताए ।
क्यानले आगामी दिनमा कुसानको सहकार्यमा यस प्रकारका कार्यक्रमहरूलाई योजनावद्ध रुपमा अघि बढाउने उनको भनाई थियो ।
उद्घाटन कार्यक्रममा कुसान नेपालका अध्यक्ष सत्यजित सरकार, कोषाध्यक्ष हिमालराज गिरी र सचिव मनोहर अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।
भोलि सम्म सञ्चालन हुने उक्त कार्यक्रममा बुद्धि बहादुर प्रधान, विनय कुमार झा, दुर्गानाथ सुवेदी र समिर खानले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
त्यसै गरि सहभागीहरूलाई क्रिकेटका भिडियो विशेषज्ञ रमन सिवाकोटीले समेत प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणमा सात प्रदेशका ७१ जना अम्पयारहरुको सहभागिता रहेको मधेश प्रदेश एम्पायर तथा स्काेरर संघका संयोजक निरज सिँहले जानकारी दिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |