राजबिराज । राजविराज नगरपालिका कावा नगर प्रमुख तथा न्यायिक समिति संयाेजक ईसरत परविणले एक वर्षको अवधिमा १ सय २३ वटा मुद्दा फर्छाेट गरेकाे बताईन ।
विगत एक वर्षमा न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा परेको तथा जिम्मेवारी सरेर आएको १ सय ८३ मुद्दा मध्ये १ सय २३ मुद्दाकोे टुंगो लगाएको बताईन ।
फर्छाेट गरिएका मध्ये सर्वाधिक जग्गा किचलो तथा घरेलु हिंसाको रहेको तथा त्यसपछि महिला हिंसा, लेनदेन, ठगी, शान्ति सुरक्षा, साधसीमाना, कुटपीट, घरायसी लगायतका मुद्दा रहेको न्यायिक समितिकी संयोजक एवं कार्यवाहक नगर प्रमुख परवीनले बताइन् ।
समितिमा जिम्मेवारी सरेर आएको १ सय १७ तथा आ.ब. २०७९/८० मा परेको ६६ गरी कुल १ सय ८३ मुद्दा रहेकोमा १ सय १३ मुद्दाको फछ्र्याैट गरिएको, ६ वटा अदालत पठाइएको तथा ६० वटा फछ्र्यौट प्रक्रियामा रहेको न्यायिक समिति मुद्दा फाँटका शिला कर्णले जानकारी दिईन ।
यस्तै चालु आ.ब. २०८०/८१ को हाल सम्मको अवधीमा न्यायिक समितिमा थप २३ वटा मुद्दा दर्ता भएको छ । आ.ब. २०८०/०८१ मा सरेर आएको ६० र नयाँ दर्ता भएको २३ गरी कुल ८३ वटा मुद्दा फछ्र्यौट प्रक्रियामा लगीसकेको समेत उनले जानकारी दिए ।
समितीमा परेको अधिकाँश मुद्दा स्थलगत रुपमा गएर तथा पक्ष विपक्षलाइ कार्यालयमा बोलाएर पनि छलफलको माध्यमबाट छिनोफानो गरिएको कार्यवाहक नगरप्रमुख एवं न्यायिक समितीका संयोजक परवीनको भनाई छ ।
आफ्नो प्रयासबाट निरुपण नभएका ६ वटा मुद्दा अदालत पठाइएको उनले जानकारी दिदै कतिपय ऐन कानुनका नजानेका कुरा नगरपालिकाकै कानुन व्यवसायीसंगै सल्लाह लिने गरेपछि मुद्दा टुंग्याउन सजिलो भएको बताइन ।
उनकै संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितीमा नगरपालिकाको वोर्डले मनोनित गरेको वडाध्यक्षबाट उदित नारायण यादव र वडा सदस्यबाट जीवछी देवी मंडल सदस्य छन् ।
यस्तै समितिको न्याय सम्पादन कार्यमा वरिष्ठ अधिवक्ता शिव कुमार चौधरी र रमेश साफीले सघाउने गरेको उनले बताइन् ।
नगर प्रमुख भीमराज यादव माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक निर्माण कार्यमा आर्थिक अनियमितता गरेको आरोपमा विषेश अदालतमा आरोपपत्र दायर गरेपछि उनी हाल निलम्बित अवस्थामा छन् ।
जसकारण उप प्रमुख परवीनको मुख्य जिम्मेवारीमा रहेको न्यायिक समिति संगै कार्यवाहक नगर प्रमुखको जिम्मेवारी समेत थपिएको छ । दुबै जिम्मेवारीलाई आफ्नो क्षमताले भ्याए सम्म पुरा गरिरहेको उनको भनाई छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |