राजविराज । आपसी सदभावको सन्देश दिन श्री जगन्नाथ रथ यात्राको क्रममा शनिवार राजबिराज हरे कृष्ण हरे राम कीर्तनले गुन्जयमान भएको छ ।
चारदिवसीय जगन्नाथ रथ यात्रा महामहोत्सवको अन्तिम दिन निकालिएको रथ यात्रामा हजारौं भक्तजनले नाचगान गर्दै हरे कृष्ण हरे राम महामन्त्रको हर्षोल्लासपुर्ण कीर्तनले नगरलाई गुन्जयमान बनाएको हो ।
झण्डै १० हजार भन्दा बढी भक्तजनको सहभागितामा जगन्नाथ रथयात्रा महामहोत्सव आयोजक समिति सप्तरीको अगुवाइमा सनातन संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव राजविराजको विभिन्न भाग परिक्रमा गर्दे श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा समापन गरिएको थियो ।
बिहान ११ बाट शुरु भएको उक्त रथयात्रा महोत्सवमा सम्पूर्ण नगरबासिहरुले हरे कृष्ण महामन्त्रको हर्षोल्लासपुर्ण कीर्तन आराधना गर्दे, भगवानको दिव्य लिला वर्णित ग्रन्थको बितरण तथा दिव्य भगवानको प्रसाद वितरण भएको थियो ।
रथयात्रा मार्गमा नगरबासिहरुले आफ्नो आफ्नो घर, स्थानबाट भगवानको स्वागत तथा पुजा अर्चना हुने संस्कृति रहेको र यसरी हजारौँ भक्तहरूको उपस्थितिमा जगन्नाथ प्रसादमको आनन्द लिएर कार्यक्रम समापन भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |