राजबिराज । रूपनी गाउँपालिका अध्यक्ष दिनेश यादबले आफू माथि लगाइएको चोरी डाँका मुद्दा निराधार रहेको बताईएको छ । शनिवार रूपनी गाउँपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा बताएको हो ।
उनले भने केही व्यक्तिहरूले चरित्र हत्या गर्न राजनीतिक रिसवी कारण झूटो प्रचारबाजी गरी आफूलाई असफल बनाउन विपक्षीले अफवाह फैलाएको अध्यक्ष यादबको भनाई छ ।
अध्यक्ष यादबले आफ्नो चरित्र हत्या गर्ने केही राजनीतिकदलका विपक्षीहरूले समाजिक समाजिक सन्जाल फेसबुकको प्रयोग गरि गलत सूचना सम्प्रेषण गरी अफवाह फैलाउने काम गरिरहेको बताए।
उनले आफू माथि लगाइएको मोबाइल चोरी र नगद २५ हजार लुटेको सम्बन्धमा विपक्षीले प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । उनले केही दिन अघि स्थानीय राजु जयसवाल आफू माथि मोबाइल चोरी र नगद लुटेको आरोप सहित प्रहरी उजुरी समेत दिन प्रयास गरेको बताए ।
सो विषयलाई समाजिक सन्जाल फेसबुकमा फैलाई चरित्र हत्या गर्ने प्रयास गरेकोले आरोप प्रमाणित भए जुन सुकै सजाय भोग्ने अध्यक्ष यादब बताए । अध्यक्ष यादबले भने पालिकालाई चुस्तदुरुस्त र सुशासन कायम गर्न कडाइका साथ लागेकोले बताए । आफू लाई बदनाम गर्ने नियतले झुटो प्रचारबाजी उत्रेका उपर छानबिन र कार्यवाही हुनु पर्ने माँग समेत गरेको छ ।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासँघका सप्तरी अध्यक्ष श्रवण देव, केन्द्रीय सदस्य ललिता साह, पूर्व अध्यक्ष मुरली प्रसाद यादब, धिरेन्द्र प्रसाद साह, पूर्व केन्द्रिय सदस्य अबधेश झा, रुपनी गाउपालिका निमित प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादब लगायत संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |