जनकपुरधाम, ३ पुस । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता कार्यन्वयन तथा मधेश मुक्तीकाे लागि अन्तिम लडाई लडनु आबश्यक रहेकाे बताएका छन ।
मंगलवार जनकपुरकाे मुजेलियामा आयाेजित प्रेस मंचकाे तीन दिवसिय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिईदै साे कुरा बताएका हुन् ।
उनले भने संघियता वाट प्राप्त अधिकारलाई संस्थागत गर्न र संबिधानमा भएका श्रृटीपुर्ण लाई संसाेधित गर्न आन्दाेलन आबश्यक रहेकाे बताएका छन । अध्यक्ष यादबले सरकारलाई बुझाएकाे सुझाव सहित ५३ बुँदे पत्रमा सरकारकाे कार्यशैली र संघियता कार्यान्वयन गर्न दवाव दिएकाे बताए ।
मुलुकमा कृषीकाे बिकास सँगै आधुनिकिकरण, स्वास्थ, शिक्षामा परिवर्तन र कृषि उधाेगकाे क्षेत्रमा बिकास तिब्ररूपमा अगाडि बढाउनुपर्ने बताए ।
राजनितिमा समाबेशी सँगै बाकी अधिकार प्राप्त गर्न संबिधानमा संशाेधनका लागि आन्दाेलन निरन्तर चल्ने प्रक्रिया हाे, बैचारिक संघर्ष वाटै राजनितिक, समाजिक अधिकार प्राप्त हुने उनकाे कथन छ । मधेशवाद नभई मधेश मुद्वा भएकाेले मधेशमा देखिएकाे उत्पिडन, भेदभावकाे अन्त गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा मधेश प्रदेश मुख्यमन्त्री सराेज यादब, जसपा राजनीति समितिका सदस्य शैलेन्द्र प्रसाद साह सहित मधेश प्रदेशका ८ वटै जिल्लाका १ सय भन्दा बढी प्रेस मञ्च आबध संचारकर्मिहरूकाे सहभागिता रहेकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |