राजबिराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद यादव (राजाबाबु) को बिहीबार निधन भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका २ कमलपुर निवासी ८० वर्षिय यादवको आफ्नै घरमा बिहान निधन भएको हो । पंचायत कालमा क्षेत्रपाल समेत बनेका उनी नेपाल सद्भावना पार्टीबाट खुल्ला राजनीतिमा सक्रिय भएका थिए । उनी केही दिनयता अस्वस्थ्य रहदै आएका थिए ।
यसैबीच लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो बिहीबार उनको घर पुगि श्रद्धाञ्जली ब्यक्त गरेका छन् । यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर उनले अन्तिम श्रद्धाञ्जली दिएका थिए । सो अवसरमा पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवलगायत ठूलो संख्यामा पार्टीका नेता, कार्यकर्ता, समर्थकहरुको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |