जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष ,मधेश अन्दोलन का जनक उपेन्द्र यादवले विभेदमा पारिएका सामुदायहरुलाई अधिकार सम्पन्न बनाउने का लागि पत्रकारहरुले निर्धकताका साथ कलम चलाउने पर्ने आजको अावश्यकता रहेको कुरा बताउंनु भयो ।
प्रेस मंच नेपाल मधेश प्रदेश ले आयोजन गरेको तिन दिने संघीयता ,समाजवाद ,मधेश र पत्रकारिता विषय प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक समेत रहेको बौद्धिक समाजवादी नेता राष्ट्रिय अध्यक्ष यादवले गणतन्त्र को संस्थागत र संघीयताको सरक्षण गर्न चौथो अंग पत्रकार ले अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
-प्रेस मंच नेपाल मधेश प्रदेश का अध्यक्ष अभरेन्द्र यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जसपा राजनीति समिति सदस्य पुर्व मंत्री शैलेन्द्र साह, प्रदेश सांसद रामअशिष यादव,अाम संचार प्राधिकरण मधेश प्रदेश का अध्यक्ष श्याम सुन्दर यादव,जसपा नेपाल का नेता बलिराम महतो सहितका वक्ताहरूले पत्रकारहरुको भुमिका विषयमा विचार व्यक्त गरेका छन।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |