राजविराज । छिन्नमस्ता गाउँपालिकाले गरेको दरवन्दि मिलानमा श्री माध्यमिक विद्यालय लालापट्टीको ५ वटा शिक्षकदरवन्दी काटिएको विषयले अभिभावक, शिक्षक, वडाका जनप्रतिनिधिसंगै गाउँवासी नै संघर्षमा उत्रिएका छन् । आज (शुक्रवार) विद्यालयको प्रांगणमा भएको आम भेलाले छिन्नमस्तागाउँपालिकाको कार्यपालिकाले गरेको उक्त निर्णयको विरुद्धमा कडा संघर्ष गर्ने निर्णय गरेका हुन् ।
वडा अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षतामा बसेको बैढकले २१ सदस्य संघर्ष समिति बनाई पहिलो चरणमा आईतवार गाउँपालिकामा गई वार्ताको माध्यमले शिक्षकदरवन्दी कटौति फिर्ता गर्न आग्रह गर्ने वार्ता टोलि सदस्य विरेन्द्र यादव र जयप्रकाश यादवले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार बदनियतपूर्ण तरिकाले मावि लालापट्टीबाट दरवन्दि मिलानका क्रममा मावि अनुदान कोटा एक, निमावि एक, निमावि राहत शिक्षक एक र प्रावि स्थायी दरबन्दी एक तथा बालविकास एक गरी जम्मा ५ वटा शिक्षक दरवन्दी विद्यालयबाट काटी अन्यत्र सारेको विषयमा वार्ताले समस्या समाधान नभएका कडा रुपमा पालिकाको निर्णय विरुद्धमा संघर्ष गर्ने बताएका हुन् ।
वडा अध्यक्षको संयोजकत्वमा वनेको २१ सदस्यीय वार्ता टोलिमा वडा अध्यक्ष सूर्यनारायण यादव, वडा सदस्य रामसागर यादव, भुपेन्द्र प्रसाद यादव, अनुरागी देवी पण्डित, वडा सदस्य सीता देवी राम, पूर्व वडा अध्यक्ष रामनन्दन पण्डित, पूर्व गाविस अध्यक्ष निर्मल यादव, उमेश यादव, जय प्रकाश यादव, विरेन्द्र यादव, शम्भु खंग लगायत रहेको छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |