राजबिराज । प्रधानमन्त्री कप एकदिवसिय पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिताका लागि सप्तरी जिल्ला छनाेट सुरू गरिएकाे छ ।
सप्तरी जिल्ला छनाेट प्रतियाेगितावाट मधेश प्रदेश पुरूष सिनियर खेलाडी छनाेट प्रतियाेगितामा सहभागिताका लागि जिल्लाका ५ टिम बिच प्रतिस्पर्धा गराई उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूवाट सप्तरी सिनियर पुरूष टिम चयन गरिने बताईएकाे छ ।
शनिवार भएकाे पहिलाे र दाेस्राे खेलमा राजदेबी सप्तरी ११ र डाक्नेश्वरी सप्तरी ११ बिजय भएका छन ।
सप्तरी क्रिकेट सँघकाे आयाेजनामा राजबिराज स्थित स्थानिय पबिमाबि खेलमैदानमा पहिलाे खेलमा राजेदबी सप्तरी ११ ले कंकालनी सप्तरी ११ लाई ५ बिकेट पराजित गर्दै बिजय सुरूवात गरेकाे हाे ।
टस जितेर ब्याटिंग गर्दै कंकालनीले निर्धारित २० अाेभरकाे खेलमा २ बिकेट काे क्षतिमा १ सय १३ रनकाे याेगफल खडा गरेका थिए ।
जसमा बिकास दासले सर्वाधिक ३८ रन अविजित खेलेका थिए भने पप्पु यादब १४, ताउसिफले १० रन बनाएका थिए ।
बलिंग तर्फ राजदेबीका सुशान्त देव २, बिजय यादब र निकु यादबले समान्य १/१ बिकेट हात पारेका थिए ।
जवाफमा राजदेबीले २ बिकेटकाे क्षतिमा बिजयी भएका थिए ।
जसमा नितेश यादबले ३९ र अमित यादबले ३३ रन बनाउदै अविजित खेल्दै टिमलाई जिताएका थिए, भने प्रवेष यादबले पनि १७ रन जाेडे ।
बलिंग तर्फ कंकालनीका असाेक यादब र साेहिल ले १/१ बिकेट लिएका थिए । खेलकाे म्यान अफ दि प्लेयर नितेश यादब घाेषित भएका थिए।
यसैगरी दाेस्राे खेलमा शंभुनाथले टस जितेर ब्याटिंग गर्दै ९ बिकेटकाे क्षतिमा १ सय २७ रनकाे याेगफल खडा गरेका थिए।
जसमा रेबती राय २६ रन, अनिल यादब २२ निरज यादब २१ र गाैतम साह १० रन बनाएका थिए।
बलिंग तर्फ डाक्नेश्वरीका गुणान्द राय र रमानन्नद ले समान्य २ बिकेट तथा अभिषेक कार्कि, सन्दिप यादब, अजय यादबले समान्य १/१ बिकेट लिएका थिए।
प्रतिउतरमा डाक्नेशवरीले ५ बिकेटकाे क्षतिमा बिजय लक्ष्य पार गरेका थिए।
जसमा गुणान्द रायकाे उत्कृष्ट ब्याटिंग गर्दै १० चाैका र १ छक्काकाे मदतले सर्वाधिक ७५ रन बनाउदै अविजित खेलेपछि जित सहज भएकाे थियाे।
यसैगरी अर्का ब्याटर वसन्त यादबले १४ रन,अमन यादब१२ रन जाेडेका थिए।
बलिंग तर्फ शंभुनाथका भाेला भण्डारीले ३ बिकेट र रेबती राय,धिरज समान्य १/१ बिकेट हात पारेका थिए।
दाेस्राे खेलकाे म्यान अफ दि प्लेयर गुणान्द रायले घाेषित भएका थिए।
पुस ७ देखि १२ गते सम्म संचालन हुने छनाेट खेलमा भाेलीकाे खेल राजदेवी र डाक्नेश्वरी तथा छिन्मस्ता र कंकालनी बिच हुने सप्तरी क्रिकेट सँघका खेलाडी छनाेट समितिका संयाेजक अनवर अलीले जानकारी दिएका छन।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |