राजबिराज । जिल्लाकाे खडक नगरपालिका ४अमहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखाै आम्दानी गर्दै आएकाे छ ।
नगरपालिकाकाे अमाहा टाेलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीले बार्षिक ५० हजार देखि २ लाख सम्म आम्दानी गर्ने समूह सदस्य सुनिता चाैधरीकाे भनाई छ ।
बस्तीका लगभव २ सय जना परिवारकाे दिनचर्या परिवर्तनमा साे समुहका सदस्यहरूले गरेकाे बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको समुहका सदस्य मानकी राम बताउछिन,।
सबल नेपाल द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई सबल नेपालले संयुक्त रूपमा समुहलाई लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूकाे जीवनमा परिवर्तन हुँदै गएकाे छ।
उक्त समुहकाे सामुहिक खेती अन्तर्गत काउली, बैगन, खुर्सानी, टमाटर जस्ता तरकारी खेतीवाट बार्षिक २ लाख ५० हजार बराबरकाे आम्दानी गरेकाे समुहका सदस्य रामकुमारी सदाले बताईन ।
सामुहिक खेती गर्न सिचाई र घेरबेर नहुदाँ खेती गर्न जाेखिम रहेकाेले सिचाई र घेरबेर काे ब्यबस्था गर्दिन समुहका सदस्य राेशन खातुनले सम्बन्धित निकाय सँग आग्रह गरेकी छिन ।
बुधवार खडक नगरपालिका परियाेजना सल्लाहाकार समिति द्वारा गरिएकाे संयुक्त अनुगमन टाेली संयाेजक जयप्रकाश चाैधरीले कृषक समुहकाे समस्या सिचाईकाे ब्यबस्थापन र घेरबेर चाडै गरिदिने र एकै ठाउमा खेती याेग्य जग्गा उपलब्ध गराईदिने समूह सँग प्रतिबधता गरेकाे छ ।
साे अनगुमन टाेलीले खडक नगरपालिका ५ स्थित राप्राबि खरचुहियामा खानेपानी धाराको जडान र रङ्गरोगनको गरिएको अवस्था बारेमा तथा बालविकास केन्द्र व्यवस्थापन, सिकाइ उपलब्धि मूलक रहेको शिक्षा शाखा प्रमुख बिरेन्द्र यादबले बताए।
त्यस्तै यसैगरी नगर प्रमुख चाैधरी सहितका टाेलीले खडक नगरपालिका ९ स्थित बजराहीगुढीमा संचालनमा रहेकाे बर्थिङ सेन्टरकाे निरिक्षण गरेकाे छ भने साे संचालन गर्न सबल नेपालले सहयाेग गरेकाे सामग्रीहरूकाे समेत जानकारी लिएकाे थियाे।
खडक नगर प्रमुख चाैधरीले बर्थिंग सेन्टर संचालन र नियमित बनाई समुदायमा बिश्वासकाे वातावरण बनाउन स्वास्थ चाैकी बजराहीगुठीलाई निर्देशन दिएकाे छ।
यसैगरी नगरपालिकाकाे ६ स्थित मदरसा रहमानियाँकाे निरिक्षण गर्ने क्रममा बिधार्थी अनुमातमा शिक्षककाे अभाव रहेकाेले बिधालयमा शिक्षककाे ब्यबस्था गर्दिन नगर प्रमुखसँग माँग गरेकाे छ।
टाेलीमा खडक नगरपालिका वडा ६ का माेहम्मद कमालउद्विन, वडा ८ का बिन्दुलाल चाैधरी, वडा २ का हरेराम मण्डल, स्वास्थ शाखा प्रमुख दिनेश झा, शिक्षा शाखा प्रमुख बिरेन्द्र यादब, प्रशासन प्रमुख रमाकान्त चाैधरी, वडा ४ का वडा सदस्य राजेन्द्र चाैधरी, सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डल, फिल्ड अफिसर राधेश्याम राम, अर्चना यादब लगायतकाे सहभागिता रहेकाे थियाे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |