राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलास बार एशोसिएशनको नयाँ कार्यसमितिको लागि आज शनिबार निर्वाचन हुँदैछ ।
नयाँ कार्यसमितिका लागि निर्वाचनमा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूह र गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूह बीच प्रतिस्पर्धा हुने भएको छ ।
बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूह हरेराम यादवको नेतृत्वमा तथा गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यव्सायी समूह बलराम सिंहको नेतृत्वमा प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
निर्वाचन आज शनिबार बिहान ९ बजेदेखि शुरु भएको छ । दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । एशोसिएशनमा २०३ जना मतदाता छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |