राजबिराज । राजबिराज २ स्थित तत्कालिन साईकृष्णा अस्पताल अहिले संचालनमा नरहेकाे अस्पताल भित्रकाे भाैतिक संरचना चाेरी हुन थालेकाे छ ।
साेमवार बेलुका ७ बजे केही युवाहरूले साईकृष्णा कलेजकाे उतर पट्टीमा फलामकाे संरचना चाेरी गरेर सिटीमा बाेकेर लाने अबस्थामा स्थानियहरूले पक्राउ परेकाे छ ।
स्थानियहरूले समानकाे खाेजताल गर्न थालेपछि उनीहरू समान छाेडेर भागेकाे थिए, त्यसपछि स्थानियहरूले प्रहरीलाई खबर गरेका थिए ।
साईकृष्णाकाे लगभग १ बराबरकाे फलामकाे संरचना भत्काएर चाेरहरूले सिटीमा लादै गरेकाे अबस्था स्थानियहरूले प्रतिकार्य गरेपछि समानहरू छाेडेर भागेकाे हाे ।
उक्त अस्पतालकाे निगरानीकाे अभाव तथा लथालिंग रहेकाे अबस्थामा रहेकाेले दैनिक रूपमा यस भित्रकाे समानहरूचाेरी हुन गरेकाे स्थानिय शिक्षिका गिता यादब बताउछिन ।
दैनिक रूपमा कुलतमा लागेकाे युवाहरूले यस क्षेत्रमा हाेहल्ला समेत गर्ने गरेकाे र समाजकाे वातावरणमा समेत बिग्रार्ने गरेकाे यादबकाे भनाई छ ।
यता घटना स्थलमा राजबिराज २ स्थित राजदेबी अस्थाई प्रहरी बिटकाे असई पुगेर समानहरू नियन्त्रणमा लिएकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |