राजविराज । स्रोत नखुलेको ५ लाखभन्दा बढी भारतिय रुपैयाँसहित सप्तरीबाट एकजना भारतिय युवा पक्राउ परेका छन् ।
शुक्रवार दिउँसो जिल्लाको राजगढ गाउँपालिका–२ झौरा चौकबाट भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल–३ का २५ वर्षीय संजय कुमार यादवलाई भारतिय रुपैया ५ लाख २९ हजार ९ सय ७० रुपैयाँसहित सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
भारतीय नम्बरको मोटरसाइकल (बीआर ५० बी १५४२) चेकजाँच गर्दा सो रकम फेला परेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बज्राचार्यले बताएका छन । बरामद गरिएको रकम र यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |