राजविराज । विगत एक सातादेखि बढदो शितलहरका कारण सप्तरीको जनजिवन प्रभावित बन्दै गएको छ ।
जाडोले खासगरी वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेका छन् भने किसानको काम प्रभावित बनेको छ ।
कार्यालयमा काम गर्ने कर्मचारीलाइ समेत कठिन बनाएको छ । स्कुले बालबालिका हैरानीमा परेका छन् । तराईमा बर्षेनी हुने शितलहर, बाक्लो हुस्सु र बढदो चिसोले कठ्यांग्रिएर मान्छे मर्ने गरेको घटना नौलो रहेन तर पनि वर्षेनी धेरैले ज्यान गुमाउन बाध्य हुनु परेको छ ।
न्युन आय श्रोत भएका परिवार र दलित बस्तीका वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेको अवस्था छ ।
हनुमाननगर नगरपालिका, कंचनरूप नगरपालिका, छिन्मस्ता गाउपालिका, तिरहुत गाउपालिका, तिलाठीकोईलाडी सहित अन्य स्थान समेतमा जनजीवन प्रभावित भैरहदा स्थानीय तहबाट कुनै प्रयास नगरिएको जनगुनासो छ ।
मुसहरबस्तिका साथै, अन्य स्थानमा बसोबास गरेका दलितका साथै कमजोर आयश्रोत भएका विपन्न परिवार समेत प्रभावित हुन थालेको छ ।
बढदो जाडोमा जीवन बचाउन गाह्रो भैरहेको यस अवस्थामा न्यानो कपडाको व्यवस्था हुनुपर्ने अति आबश्यक देखिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |