काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त फैसला सुनाएको हो । त्यस्तै इजलासले ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
जिल्ला न्यायाधीश ढकालको इजलासले यही पौष १३ गते लामिछाने बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |