राजविराज । भारतको अयोध्यास्थित नवनिर्मित भगवान् श्रीराम मन्दिरको प्राण प्रतिष्ठा (घरबास) यही माघ ८ गते हुनलागेको खुशियालीमा सप्तरीका मन्दिरहरूमा दीप प्रज्वलन गरिने तयारी भइरहेको छ ।
राम मन्दिर व्यवस्थापन समिति राजविराजले सप्तरीका ५० भन्दा बढि मन्दिरमा दीप प्रज्वलनका लागी सामग्री वितरण गरिने समितिका अध्यक्ष खुशिलाल यादवले बताएका छन । सयौँ वर्षको लामो प्रतिक्षा पछि भगवान रामको मन्दिर निर्माण भएकाले सो को खुशियालीमा दीप प्रज्वलन गर्न मन्दिर- मदिनरमा पुगी साधुसन्त, युवा अभियानी र हिन्दूवादीहरुलाई आग्रह गर्ने बताएका छन ।
उनले यसका साथै राम मन्दिर प्रागनमा सीताराम नाम कीर्तन, प्रसाद वितरणको समेत आयोजना गर्न लागिएको बताए । अध्यक्ष यादवले त्यो दिन दिपावली मनाउनुका साथै घर घरमा सीताराम नामको भजन कीर्तन गर्न समेत आग्रह गरे ।
भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान् रामको जन्मभूमि हो । त्रेतायुगमा भगवान् राम र मिथिलाका राजा जनकपुत्री सीताबीच विवाह भएको थियो । त्यसैले माता सीताको जन्मभूमि मिथिलामा भव्यताका साथ प्राणप्रतिष्ठाका दिन खुशियालीमा दीप प्रज्वलन र सीताराम नामको भजन गर्न समेत समितिले सबैमा आग्रह गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |