राजबिराज । सरदार (बातर) समुदायले कुलदेवता गेंडसिँहकाे पुजा गर्दै जातजाती, धर्मसंस्कृति र पहिचान परम्परालाई जगेर्नाका लागि माघे तिलासंक्रान्ति महाेत्सव मनाईएकाे छ ।
उक्त महाेत्सवकाे मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले बातर समुदायकाे हकहित र संरक्षणका लागि प्रदेश सरकार प्रतिबध रहेकाे बताईन ।
सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर, कबिलासामा सरदार( बातर) कुलदेवता गेंडसिँह महाराज बाबाकाे प्रागणमा ७ औ माघे तिलासंकान्ती महाेत्सवकाे उदघाटन गर्दै साे कुरा बताईन ।
मुलुकमा सबैजातजातीले मनाउने कला संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जाेड दिईन, सभ्यता प्राचीन सभ्यता रहेकोले यसको संरक्षणमा राज्यले भुमिका खेल्नुपर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि साहले सबै जातिसमुदायको संस्कृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
गैडसिँह बाबा मेला समिति जगतपुर द्वारा आयाेजित माघे संक्रान्तीकाे अवसरमा बातर समुदायकाे जातजाती, धर्मसंस्कृति र पहिचान परम्परालाई जगेर्नाका लागि सांस्कृतिक कार्यक्रम, मेला, तथा जातीकाे भेषभुषा,पहिरनमा झाकीकाे प्रदर्शन गरिएकाे छ ।
आफ्ना पुर्खाको रुपमा रहेको कुल देवता गेडसिंह बाबाको विधिपुर्वक पुजा आराधना गरेपछि खसीको बलि प्रदान गरेर बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाएका हुन् ।
आँगन चोखो पारी पानसुपारी, लडु , अक्षता, खिर, तिलको लडु, भुजाचिउराको लाय, तुलसीको पात,बगिया, गुलि, रक्सी, विडि, सुर्ती, गाँजा,धुप, चामलको पुरी सेतो कपडामा राखी चढाएर पुजा गरि खशीको बलि दिने परम्परा रहेको मेला समितिका अध्यक्ष राजेश सरदारले बताए ।
सरदार (बाँतर) समुदायले प्राचीनकाल देखि मनाउँदै आएको माघे संक्रान्ती हाम्रो राष्ट्रिय पर्व हो, उनले भने, यस पर्वको धार्मिक तथा साँस्कृतिक महत्त्वले पनि यो पर्व बाँतर समुदायको राष्ट्रिय पर्व भएको पुष्टि गर्छ ।”
परापुर्वकालदेखी बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाएका कारण अरु समुदायको नभएर बाँतर समुदायको राष्ट्रिय चार्ड भएको उनले तर्क गरे ।
बाँतर समुदाय राजनीतिक, शैक्षिक तथा आर्थिक रुपले पछाडि पर्दा साँस्कृतिक पर्वको संरक्षण तथा प्रबर्द्धन हुन नसकेको उनले टिप्पणी गरे ।
स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी कर्मचारीहरु उपस्थित कार्यक्रममा सरदार (बातर )कला संस्कृती सम्बन्धी स्थानिय कलाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
मेला समितिका अध्यक्ष राजेश कुमार सरदारकाे अध्यक्षतामा अायाेजित महाेत्सवमा कंचनरूप नगर प्रमुख ललन प्रसाद गुप्ता, जसपा मधेश प्रदेश सचिव दिनेश यादब, युवा नेता भाेला पासवान, नेपाली काँग्रेसका उमेश मिश्र, लगायत स्थानियहरूकाे उपस्थिति रहेकाे थियाे ।
बातर समुदायका पुर्व अध्यक्ष जिवछ सरदारले स्वागत मन्तब्य दिएका महाेत्सवमा स्थानिय कला, संस्कृति झलकिने विभिन्न स्टलहरू राखिएकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |