राजविराज । मधेश प्रदेश नामकरण भएको दिनलाई जनता समाजवादी पार्टी नेपालले विभिन्न कायक्रम गरि प्रथम स्वाभिमान दिवस मनाएका छन् ।
संघियता पछिको सात वटा प्रदेशले आफ्नो आफनो प्रदेशको नामाकरण गरे अनुसार प्रदेश २ ले पनि मधेश प्रदेश नामाकरण गरेको दिनलाई जसपा नेपाले स्वाभिमान दिवसको रुपमा मनाएका छन् ।
प्रथम स्वाभिमान दिवश २०८० का रुपमा जसपा नेपाल सम्वद्ध वौद्धिक समाजले जनकपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाएका छन् ।
त्यस्तै दिवशका अवसरमा जसपा नेपालका प्रदेश भरि ८ वटै जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
कार्यक्रम अनुसार सप्तरी जिल्लामा रहेका जसपा नेपा सम्वद्धका विभिन्न संगठनले राजविराज स्थित गजेन्द्र चौकमा मैन वती प्रजव्वलन गरि स्वाभिमान दिवस मनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |