राजबिराज । आसिया पार्टी प्यालेश राजबिराज ११ ले बिपन्न तथा दलित परिवारलाई कम्वल बितरण गरिएकाे छ ।
शुक्रवार एक कार्यक्रम बिच प्यालेशका संचालक माे अकबरले ३५ जना परिवारलाई कम्बल बितरण गरिएकाे छ ।
केही दिन देखि अत्यधिक चिसाे बढेवछि बिपन्न परिवारलाई कम्वल तथा फलफुल बितरण गरिएकाे संचालक अकबरले जानकारी दिए ।
समाजिक दायित्व पूरा गर्ने उदेश्यले समाजमा हिन्दु र मुस्लिमकाे चाडपर्व सहित बिपतकाे समयमा सहयाेग गर्दै अाएकाे उनकाे भनाई छ ।
उक्त अवसरमा संचारकर्मिहरूलाई संचालक अकबरले गमछा र माला लगाएर सम्मान गरेका थिए भने मायाकाे चिनाै तथा काशेलीकाे रूपमा ब्याग,डायरी र डटपेन उपहार प्रदान गरेका थिए ।
उक्त कम्बल बितरण कार्यक्रम नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साह, शाखा अध्यक्ष श्रवण देव, पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, शाखा उपाध्यक्ष बैधनाथ यादब,सचिव रामनारायण बिश्वास, काेषाध्यक्ष नवीन गुप्ता, अबधेश झा, मनाेज माझी, अाशिया परबिन लगायत संचारकर्मिहरूकाे उपस्थिति रहेकाे थियाे ।
उक्त कम्बल बितरण कार्यक्रममा संचालक अकबर, छाेरी आसिया परबिन, संचारकर्मि ललिता साह, बैधनाथ झा, श्रवण देवले बिपन्न परिवारलाई कम्बल बितरण गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |