सप्तरी । बालविवाह न्यूनिकरणका लागि रूपान्तरण कार्यक्रमको सप्तरी जिल्ला तिन पालिकास्तरिय समन्वय बैठक बिहीबार सम्पन्न भएको छ ।
युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लाईफ नेपाल जनकपुरधामले जिल्लाको राजबिराज, सुरुङ्गा नगरपालिका, छिन्नमस्ता गाउँपालिका , राजगढ गाउँपालिका र बिष्णुपुर गाउँपालिका गरी पाँच स्थानीय तहमा प्रारम्भिक चरनमा गर्न लागेको कार्यक्रम बारे पहिलो चरणमा राजबिराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका र राजगढ गाउँपालिकामा संचालन भएको हो ।
समन्वय बैठकमा सहभागीहरूले यस कार्यक्रम अन्तर्गत बालविवाह विरुद्ध संयुक्त अभियानको खाचो रहेको आवश्यकता ओल्याए । किशोरकिशोरीलाई शिक्षा र शिप महत्त्वबारे आवश्यक जानकारी दिनु पर्ने भन्दै यसमा सबै सरोकारवाला पक्षको सहयोग र सहकार्य हुनु पर्नेमा सहभागीहरूको एकमत रहेका थिए ।
समाजमा व्याप्त बालविवाहलाई अन्त्य गर्न किशोर किशोरी सँगै त्यसका अभिभावकहरू सँग समेत अन्तरक्रिया, अभिमुखीकरणको आवश्यकता रहेको बताउँदै बालबालिकालाई सरोकारवाला निकायहरूले सुन्नै नचाहेको बाल कल्ब आवद्ध बालबालिकाहरूले गुनासो गर्दै हामीलाई अझ सुन्नु बुझ्नु पर्ने आवश्यकता रहेको उनीहरूले आग्रह गरे ।
एउटा जातिय, अन्तरजातीय, अनमेल, प्रेम बिवाहकै कारण भन्दै समाजमा बढ्दै गएको बालविवाहलाई निरुत्साहित गर्न ठोस कानुन र योजना सहितको समुदायमा कार्यक्रम लिएर आउनु पर्नेमा अधिकांश सहभागी वक्तारहरूको सुझाव व्यक्त गरे ।
रूपान्तरण कार्यक्रम संचालन भएकोमा हर्षित भएको भन्दै समग्र समाजलाई रूपान्तरण गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेमा आफूहरू बिश्वास्त रहेको तथा व्यक्तिगत, शाखा सँगै समग्र स्थानीय तह बाट गर्नु पर्ने सहयोग सहकार्यमा तत्पर र प्रतिवद्ध रहने सहभागी प्रमुख तथा प्रतिनिधिले प्रतिवद्धता व्यक्त गरे ।
स्थानीय पालिकाको समन्वयमा संचालित कार्यक्रमको प्रस्तुती लाइफ नेपाल रूपान्तरण कार्यक्रमका कार्यक्रम संयोजक अरबिन्द चौधरीले गरेका थिए भने सहजीकरण कार्यक्रम सप्तरी जिल्ला संयोजक रुबी कुमारी मिश्रले गरेकी थिइन् ।
सप्तरी, धनुषा र महोतरी जिल्लाको गरी कुल १૪ स्थानीय तहको १०० विद्यालय तथा समुदायका धर्मगुरु, किशोरकिशोरी, अभिभावक लगायतलाई राखी कार्यक्रम संचालन गरिन लागेको जानकारी गराउँदै संयोजक चौधरीले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ समेत दिएका थिए ।
स्थानीय तहहरूमै संचालन भएको कार्यक्रममा नगर प्रमुख, उप प्रमुख प्रतिनिधि तथा बिभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी, कानुन व्यवसायी, बालबालिका, पत्रकार सरोकारवाला निकाय सँगै पालिका सहजकर्ता समेतको सहभागिता रहेको र बाँकी पालिका स्तरीय समन्वय बैठक तथा दोस्रो चरणमा विद्यालय स्तरीय समन्वय बैठक बस्दै जाने जानकारी जिल्ला संयोजक मिश्रले दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |