राजबिराज । भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सप्तरी सदरमुकाम राजविराजले पनि सार्वजनिक विदा दिने भएको छ ।
माघ ८ गते अर्थात सोमबार भगवान रामको प्राण प्रतिष्ठा गरिने दिन सार्वजनिक विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु गुरुङले जानकारी दिए ।
भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन हुने भएकाले विदा दिइएको उनले बताए ।
नगरपालिकाले त्यस दिन पालिकाभरिको मन्दिरमा दिपोत्सव गर्न समेत अनुरोध गरेको छ ।
गुरुङका अनुसार त्यस दिन माछा, मासु र रक्सी बिक्री बितरण गर्न पनि बन्देज लगाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |