राजबिराज । सप्तरीको राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियाेगिताकाे उपाधी कंछुनरप्रताप माबि रायपुरले उचालेकाे छ ।
सबल नेपाल र एमसिसी फाउन्डेशनकाे सहयाेग र सप्तरी क्रिकेट सँघकाे समन्वयमा संचालित माबि रायपुर र लालिगुराँस बिच भएकाे फाईनल खेलमा लालीगुरासलाई रायपुरले ४५ रनले पराजित गर्दै उपाधी उचालेकाे हाे ।
टस जितेर लालीगुराँसले रायपुरलाई ब्याटिंग दिएपछि रायपुरले २० ओभरमा ८ बिकेटकाे क्षतिका १ सय ४० रनकाे याेगफल खडा गरेका थिए ।
जसमा शिव अधिकारीले १० चाैकाकाे मदतले ६० रन, बिवेक दास १५, राेशन चाैधरी र सुमन चाैधरी १४/१४ रनकाे याेगदान दिएका थिए ।
बलिंग तर्फ लाली गुराँसका अातित्य मण्डल र माेहम्मद सेराज २/२ बिकेट र राेहन मण्डलले १ बिकेट लिएका थिए ।
प्रतिउतरमा लाली गुराँसले १५ ओभर ३ बलमा सबै बिकेट गुमाएर ९५ रन मात्र बनाउन सकेका थिए। जसमा राेशन मण्डल २८ रन, पप्पु यादब १६ रन, रामकृष्ण मण्डल १५ रन बाहेक कुनै खेलाडी दाेहाेराे अंक पार गर्न सकेन ।
बलिंग तर्फ कंछुनरप्रताप माबि रायपुरका बिवेक दास ४ बिकेट,सुमन चाैधरी २ बिकेट, दिपु दास, दिपेन्द्र महेता,पंकज साहले १/१ बिकेट हात पारेका थिए ।
फाईनल खेलकाे प्लेयर अफ दि म्चाच शिव अधिकारी घाेषित भएका थिए भने प्रतियाेगिताका पलेयर अफ दि सिरिज राजदेबी माबिका गाेपाल मण्डल घाेषित भए ।
उक्त अवसरमा मधेश प्रदेश क्रिकेट सँघ अध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिँह सचिव चन्दनकुमार यादब, कंछुनरप्रताप माबि रायपुरका बिधालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर, प्राधानाध्यापक पशुराम यादब, धर्मेन्द्र चाैधरी, सवल नेपालका सिनियर मैनेजर अशोक साह लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |