राजबिराज । वर्षौ देखि न्यूतम तलब तथा अन्य सेवा सुविधाबाट बन्चित भन्दै गजेन्द्र नारायण सिँह अस्पतालका कर्मचारीहरू अान्दाेलित भएका छन ।
मंगलवार अस्पताल कर्मचारी युनियनले प्रशासन प्रमुख नारायण यादबलाई १२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएकाे हाे ।
ज्ञापनपत्रमा सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
२० औं वर्ष देखि करार र दैनिक ज्यलादारीमा कार्यरत रहेका कर्मचारीहरुकाे माँग सम्बाेधन गरी ७ दिन भित्र समाधान गर्न ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।
गजेन्द्र नारायण सिंह अस्पताल इकाई कार्यसमिति कर्मचारी युनियन सप्तरीका अध्यक्ष डा. अमित कुमार यादवले तह गत अनुसार करार सेवाको तलब, चार्ड पर्व खर्च, वर्षमा एक पटक पोसाक भक्ता सहितको अन्य विदाको सुविधा उपलब्ध मिलाउनुपर्ने बताए ।
उनले भने १ करार सम्झौता गर्ने,अस्पताल विकास समितिमा रहेको ज्यलादारी कर्मचारीहरुको तलब श्रम ऐन बमोजिम हुनु पर्ने तथा प्रकृया मिलाई ज्याला कर्मचारीहरुलाई करार सेवामा व्यवस्थापन गर्नु पर्ने बताए ।
एक्सरे, युएसजी, सि टि स्केयान सेवा २४ सै घण्टा सुचारु हुनु पर्ने, सटर भाडा बाँकी वक्योता असुल गर्नु पर्ने, अस्पतालको विकास (हक, हित) को लागि हुने मिटिङ, गोस्टि, आन्तरिक समिति, खरिद बिक्रि समिति गठन भएमा विकास समिति, इकाई समितिको प्रतिनिधित्व गराउनु पर्ने छ ।
ज्ञापनपत्रमा अस्पतालको शाखाहरुको इन्चार्ज डाक्टरहरुलाई दिनु पर्ने,कुनै पनि कर्मचारीहरुलाई करार सेवाबाट निष्काशन गर्नुपर्नेमा निज कर्मचारीहरु सँग तीन पटक सम्म चितबुझदो स्पष्टिकरण नलिकन करार सेवा भगँ गर्न नपाइने बताईएकाे छ ।
अस्पताल विकास समितिका कर्मचारीहरुलाई सक्रिय तथा जिम्मेवारी बनाउनु पर्ने, अस्पतालको प्रशासनिक संरचनालाई सक्रिय तथा जिम्मेवारी बनाउनु पर्ने,अस्पताल विकास समिति इकाई समितिको कार्यालय व्यवस्थापन गरि दिनु पर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |