राजविराज । सप्तरीको भारदहमा अस्थायी बाटो इजाजत पत्र (पटके सेवा) संचालनमा आएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ को भारदहमा शुक्रवार एक कार्यक्रमका बिच हनुमाननगर कंकालिनी नगरपालिका १ का वडा अध्यक्ष सुरेन्द्र मण्डलले इजाजत पत्र (पटके सेवा) कार्यालयको उद्घाटन गरेका छन् ।
मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय राजविराजले यातायात व्यवस्थासम्बन्धी सेवाहरू अत्यधिक सुविधाजनक सरल सुलभ तरिकाले प्रवाह गर्ने उद्देश्यले भारदहमा यो पटके सेवाको स्थापना गरेको हो ।
अस्थायी बाटो इजाजत पत्र (पटके सेवा) बाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरू २४ घण्टा प्रदान गरिने यातायात व्यवस्था कार्यालय राविराजका प्रमुख शशी प्रसाद यादवले बताएका छन् । उक्त कार्यालय बाट गाडीको ब्लुबुक नवीकरण समेत हुने प्रमुख यादवले बताए ।
भारदहमा पटके सेवा उद्घाटन भएसँगै स्थानीय सेवाग्राहीहरू खुशी देखिएका छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नासु शुशिल कर्ण, वडा कार्यालयका वडा सचिव अरुण यादव, इलाका प्रशासन कार्यालयका प्रमुख दिनेश कार्की लगायतको उपस्थित रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |