राजबिराज । ग्लोबल बहुमुखी सहकारी पीडितहरु ठगिएको भन्दै बचत गरिएको रकम र धिताे जग्गा फिर्ताको माग गर्दै उनीहरू अन्दाेलित भएका छन ।
आन्दाेलन संघर्ष समितिले आईतवार राजबिराजमा प्रदर्शन गर्दै स्वास्थ कार्यालयलाई घेराउ गरेका छन ।
१० हजार भन्दा बढी बचतकर्ताहरूले जम्मा गरेकाे रकम फिर्ताका लागि आन्दाेलन गर्नु परेकाे पिडितहरूकाे भनाई छ ।
ग्लाेबलका संस्थापक तथा तत्कालिन अध्यक्ष सुखराम यादब,ब्यबस्थापक पंकज पाेखरेलले हामीहरूकाे रकम डुबाएकाे भन्दै उनीहरू आन्दाेलित भएकाे हाे ।
जिल्लाकाे स्वास्थ चाैकीमा खटिएका महिला स्यंमसेविकाहरू आमा समुहवाट बचतकर्ताहरूकाे रकम संकलन गरी संस्थामा बचत गर्दै आएकाे थियाे ।
तत्कालिन जिल्ला जनस्वास्थ कार्यालय प्रमुख बिजय झाले ग्लाेवल सहकारी मार्फत बचत गर्न दवाव दिएकाे भन्दै उनलाई पनि कार्यवाहीकाे दायरामा ल्याउनुपर्नेमा जाेड दिएका छन ।
बचतकर्ताकाे रकम अनियमितता गरेकाे कारण सहकारी डुबेकाे र तत्कालिन अध्यक्ष यादब र पाेखरेल सम्पर्क बिहिन बनेकाेले उनीहरू बिरूद्व प्रहरीमा ठग्गी मुद्वा चलाईसकेकाे पिडित बिनाेद यादबले बताउछन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |