राजबिराज । तत्कालीन जिबिस सप्तरीका कर्मचारी शहीद प्रभुनारायण यादवको सम्झनामा शालिकमा मंगलबार माल्यार्पण गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको परिसर तथा जिल्लाको तिलाठी कोइलाडी–८ स्थित तोपा बजारमा रहेको यादवको शालिकमा राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी समेतले माल्यार्पण गरेका हुन् ।
जिल्ला समन्वय समितिको परिसरमा रहेको जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान प्रमुख एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता प्रभाकर यादव, छिन्नमस्ता गाउँपालिकाकाका अध्यक्ष विद्यानन्द चौधरी, जसपाका नेता निरज मुक्ति, नेपाल निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा लगायतकाले शहीद यादवको शालिकमा माल्यार्पण गरेका छन् ।
गत वर्ष शहीद दिवसको अवसरमै तोपा बजारमा अनावरण गरिएको यादवको शालिकमा पनि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल लगायतकाले माल्यार्पण गरेका छन् ।
कर्मचारी शहिद यादव तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत थिए । २०६४ साल कात्तिक १२ गते कार्यालयबाट घर फर्किने क्रममा राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक ४७ वर्षीय यादवलाई गोली हानी हत्या भएको थियो ।
लयमा नायब सुब्बा पदमा कार्यरत थिए । २०६४ साल कात्तिक १२ गते कार्यालयबाट घर फर्किने क्रममा राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक ४७ वर्षीय यादवलाई गोली हानी हत्या भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |