काठमाण्डौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लवविरुद्वको फाइनल खेलमा सप्तरीका विवेक यादवले उत्कृष्ट व्याटिंग गरेका छन् ।
शनिबार त्रिवी क्रिकेट मैदान किर्तिपुरम जारी फाइनल खेलमा त्रिभुवन आर्मी क्लवबाट ब्याटिङ गरेका यादवले सर्वाधिक ६३ रन बनाए । ८१ बलको सामना गरेका उनले ७ चौका र एक छक्का प्रहार गरे । उनी अन्तिम ओभरमा रन लिने क्रममा रन आउट भए ।
टस हारेर पहिला ब्याटिङ गरेको आर्मी क्लब ४९ ओभर ५ बलमा अल आउट हुँदै १८१ रन बनाएको छ । आर्मीका लागि सोमपाल कामीले ३९ रन बनाए ।
यता समाचार तयार गर्दा सम्ममा जवाफमा नेपाल पुलिस क्लवले २ बिकेटको ५६ रन बनाएर खेल्दै छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |