राजविराज । क्यानाडालाई हराउदै नेपाल विजयी भएको छ । किर्तिपुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानाडालाई ७ रनले पराजित गरेको हो ।
नेपालले दिएको २२५ रनको लक्ष्य पूरा गर्ने क्रममा क्यानाडा टिम ४७ ओभर ५ बलमा अलआउट हुँदै २१७ रन मात्रै बनाउन सक्यो ।
उसका लागि दुई खेलाडीले अर्धशतकीय पाली खेलेपनि टिमलाई जिताउन सकेनन् । निश्चलस किर्टाेन ६८ र परगत सिंहले ५० रनको योगदान दिए । हर्ष ठाकेरले ३२ रन बनाउँदा आरुन जोनसनले २० रनको योगदान दिए ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट लिए भने ललित राजबंशीले २ विकेट हात पारे । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए भने आरिफ शेखले ३८ रनको योगदान दिए । सोमपाल कामी २७, कुशल मल्ल २०, भीम सार्की १७ र पवन सर्राफले १५ रनको योगदान दिए ।
क्यानाडाका लागि उदय भगवानले ३ तथा साद बिन जफर र इश्वरजोत सोहीले २/२ तथा शाहिद अमदजादी र हरेश ठाकेरले १/१ विकेट लिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |