राजबिराज । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ मा अवस्थित रहेको श्री लक्ष्मी वलल्भ नर्सिङ उच्च माध्यमिक विद्यालय वभनगामाकट्टीमा अभिभावकहरूले बिधालयकाे आयब्यय सार्वजनिक गर्न माँग गरेकाे छ ।
विद्यालयद्वारा बिहिवार आयाेजित अभिभावक भेलामा अभिभावकहरूले बिधालयमा हुने शैक्षिक गतिबिधि तथा बार्षिक आयब्यय, बिधालयकाे चलअचल सम्बन्धी सार्वजनिक गर्न बिधालय प्रशासन सँग माँग गरेका छन ।
विद्यालय प्रशासनले बिधालयकाे शैक्षिक वातावरण सुधार गर्नुकाे सट्टा उल्टै बिगारेकाे अभिभावकहरूकाे आराेप छ ।
उनीहरूले बिधालयमा संचालन हुने दिवा खाजा कार्यक्रममा अनियमितता गरेकाे र लाखाै रूपैया हिनामिना गरेकाे आराेप लगाएकाे छ ।
बैठकमा अभिभावकहरूले बिधालयकाे हकहितमा एकजुट भई सहमति बनाएर नयाँ ब्यबस्थापन समिति गठन गर्नुपर्ने बिधालयका भुपु बिधार्थी बिनय प्रताप सिँह (गुडु) ले बताए ।
भेलामा बिधालयका प्राधानाध्यापक र केही शिक्षकहरूकाे मिलाेमताे कारण बिधालयकाे शैक्षिक वातावरण बिगारेकाे अभिभावक जिवछ यादब बताउछन ।
बिधालयकाे रूटिन, छात्रबृति, दिवाखाजा, चलअचल सम्बन्धी, खेलमैदान, कक्षा ११ र १२ कक्षाकाे संचालनमा बिधार्थीहरू सँग व्यापक शुल्क असुल गरेकाे, आर्थिक काराेवार, सार्वजनिक सम्पति, भेटनरी, शिक्षक नियुक्ती गर्नमा अनियमितता र पारदर्शिता नहुदाँ बिधालयमा बेथिति बढदै गएकाे भुपु बिधार्थी बिनय प्रताप सिँह (गुडु) ले आराेप लगाएकाे छ ।
उक्त भेलामा तिलाठीकाेईलाडी गाउपालिका ७ का वडा अध्यक्ष हरि नारायण मण्डल, शिक्षा संयाेजक चन्द्र भूषण राय, बिधालय निरिक्षक कृष्ण कुमार यादब, बिधालयका प्राधानाध्यापक बिपिन झा, पुर्व वडा अध्यक्ष गुलाब सिँह लगायत सर्याै अभिभावकहरूकाे उपस्थिति रहेकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |