राजबिराज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टले मधेशलाई कमजाेर बनाउन खेलमा लागेकाे बताएका छन ।
बोदेबरसाइनमा शनिबार जसपाले गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट नेतृत्वको सरकार मधेसलाई कमजोर बनाइ संघीयता र लोकतन्त्र समाप्त गर्दै एकात्मक ब्यवस्थामा लागेकाे अाराेप लगाए ।
विगत ३४ वर्षदेखि कांग्रेस र कम्युनिष्ट नेतृत्व सत्ता परिवर्तनको खेलमा मात्र केन्द्रीत भएको उनकाे कथन छ ।
मुलुकको राजस्वमा ७० प्रतिसत आम्दानी मधेसबाट हुन्छ तर बजेट भने मधेशलाई १३ प्रतिसत मात्रै दिने गरिएको देखिन्छ।
उनले भने ५३ प्रतिशत जनसंख्या रहेको मधेसको बिकास १३ प्रतिसत बजेटले सम्भब नरहेको यादवले बताए ।
पछिल्लो ३४ वर्ष देखि कांग्रेस कम्युनिष्टले देशको शिक्षा, उद्योग र कृषि क्षेत्रलाई बर्बाद बनाइ जनशक्तिलाई बिदेसिन बाध्य बनाएको यादवको आरोप छ ।
कार्यक्रमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जसपाको संगठन निर्माणमा ध्यान दिन कार्यकर्तालाई आग्रह गर्दै प्रदेश सरकारबाट हुने सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘पार्टीको संगठन निर्माणमा ध्यान दिनुस’ उनले भने, ‘प्रदेश सरकारबाट सहयोग चाहिए म सिधै सम्पर्कमा छु । मलाई पनि जहाँ आउनुपर्छ आउँछु ।’
उनले प्रदेशमा जसपालाई एकल सरकार बनाउनका निम्ति सबैले काम गर्नुपर्ने बताए । ‘प्रदेशमा सरकार बनाउन ५४ सिट चाहिन्छ’ उनले भने, ‘कम्तीमा ४० सिट प्रत्यक्ष जिताउन लाग्नुस । १५ वटा समानुपातिकबाट आइहाल्छ ।’
उनले जसपाको एक्लै सरकार बनेपछि राम्रो काम गर्न सकिने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |