राजबिराज । सप्तरीको अग्नीसाईर कृष्णावरन गाउँपालिकामा मालपोत कार्यालयले रोक्का गरेको बजारको जग्गा गाउँपालिकाले फुकुवा गर्न पत्राचार गरेपछि स्थानीय बजारबासीले गाउँपालिका कार्यालयमा आईतवार तालाबन्दी गरेको हो ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले इटहर्वा बजारको विवादित जग्गा भुमाफियाको प्रभावमा परेर फुकुवा गर्न मालपोत कार्यालय सप्तरीलाई पत्रकार गरेकोले निर्णय फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् ।
३४ बर्ष देखि हटियाले उपभोग गरेको सार्वजनिक जग्गा भुमाफियाले कब्जा गरेपछि विवादित अवस्थामा हुँदाहुँदै मालपोत कार्यालयले समेत रोक्का गरेको जग्गा गाउँपालिका अध्यक्ष चौधरीले फुकुवा गर्न पत्रचार गरेको विरोधमा आन्दोलनमा उत्रिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताए ।
निर्णय फिर्ता नभएसम्म गाउँपालिका कार्यालयमा तालाबन्दी गरि कामकाज अवरुद्ध गर्ने उनले जानकारी दिए । अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको साविक सितापुर गाविस वडा नम्बर ७(क) कि.नं. ६५५ क्षेत्रफल १ बिघा २ कट्ठा १७ धुर धनुषा साविक पौडेश्वर गाविस वडा नम्बर ६ का ४१ बर्षिय शत्रुधन प्रसाद ठाकुरको नाममा दर्ता कायम रहेको छ ।
उक्त जगा विभिन्न जालझेल गरेर व्यक्तिको नाममा पास गरेको भन्दै वडा कार्यालयले विगत ७ बर्षदेखी मालपोत रसिद काट्न रोकेका थिए ।
विवादित जग्गाको रसिद जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा पारी ठाकुरले वडा नम्बर ४ र ५ बाट मालपोत रसिद लिएको यसअघिनै सार्वजनिक भएको थियो । २०४४ सालमा तत्कालीन अञ्चलाधिश सुर्यसेन ओलिले उक्त बजारको उद्घाटन गरेका थिए । सोही जग्गा भुमाफियाहरुले २०७२ सालमा कब्जा गरि धनीपुर्जा लिएको स्थानीय बजारबासीको आरोप छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |