राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु अनुगमन सुरु गरिएको छ ।
शैक्षिक गुणस्तरमा सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन विद्यालय तहमाअनुगमन’ सुरु गरिएको हो ।
छिन्नमस्ता गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा मंगलवार देखि अनुगमन सुरु गरिएको पालिका प्रमुख प्रशासकीय अधिकृत लालन कुमार यादवले जानकारी दिए ।
शैक्षिक गुणस्तरमा सुधार गर्न अनुगमन सुरु गरिएको छु उनले भने विद्यालय तहको अनुगमन गर्दा सीधै विद्यार्थीसमक्ष नै पुग्ने गरिएको बताउदै जसमा अनुगमनमा सहभागी अधिकारीहरू कक्षा कोठामा गएर विद्यार्थीले के जानेको के नजानको भनेर सोध्ने गरेको छु ।
विद्यालयको अवस्था हेरी तत्काल सुधार गर्न प्रधानाध्यापकलाई निर्देशन समेत दिने गरिएको हु उनले भने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |