राजबिराज । गोरु काटेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ बाट बुधबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१३ का ४० बर्षिय जफ्रुल मन्सुरी, ३५ बर्षिय कैयुजुम मन्सुरी र २५ बर्षिय मो सम्सादलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय तेज नारायण सिपलियाको गोरु हराएपछी खोजतलास गर्ने क्रममा उनीहरुले काटेर खाएको खुलेको थियो । त्यसपछि तीनै जनालाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का अध्यक्ष अजय यादवले बताए ।
तिनै जना इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा छन् । घट्नाको विषयमा थप अनुशन्धान राखी अनुसन्धान भइरहेको सप्तरीका एसपी गजुसिद्वी बज्राचार्यले बताए । पक्राउ परेका तिनैजना यसअघि पनि पशु चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएको वडा अध्यक्ष यादवले जानकारी दिए ।
गाई, गोरु, भैसी, खसी लगायतका चौपाया चोर्ने, काटेर खाने तथा जिउँदै बेचविखन गर्ने कार्यमा उनीहरुको संलग्न रहेको उनको भनाई छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |