मधेश । बिहीबार देखि आइसिसी विश्वकप लिग–२ सुरु हुँदैछ । यसअघि क्यानडासँगको तीन खेलको शृंखला क्लिनस्विप गरेको नेपालले लगत्तै लिग-२ को तीन वर्षे साइकल सुरु गर्दै छ।
यस क्रममा क्यानडाले अमेरिका र पपुवा न्युगिनीजस्ता बलिया टोलविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो । यस पटक लिग-२ को साइकलमा नवप्रवेशी क्यानडा र नामिबियासहित कुल आठ राष्ट्र छन् ।
यीमध्ये बिहीबार (भोली) नेपालले नामिबियासँग नै यो साइकलको सुरुआत गर्दै छ । नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय शृंखला सुरु गर्दै छ ।
विश्वकप लिग-२ मा नेपालसहित ८ वटा देश परेका छन् । नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, युएई, क्यानडा र अमेरिका लिग-२ मा छन् । यीमध्ये नेपाल, नेदरल्यान्ड्स र नामिबियाको पहिलो श्रृंखला बिहीबारबाट सुरु हुन लागेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का ८ टिमले प्रतिस्पर्धा गर्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट खेल खेल्न पाउनेछन् ।
यी टोलीबीच २४ वटा त्रिकोणात्मक एक दिवसीय श्रृंखला हुनेछन् । एउटा टोलीले प्रत्येकसँग २/२ वटा खेल खेल्ने छन् । लिग-२ मा मात्र कुल १४४ वटा खेल हुने आइसिसीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |