राजविराज । सप्तरीको पाताे नाकावाट लाईन सेटिगंमा तस्करी बढेकाे छ । याे सँगै विभिन्न नाकाबाट चोरी निकासी गरि भारत निर्यात गर्नै प्रतिबन्धित समानको तस्करी लाईन मिलाउन संग्लन व्यापारीहरुलाई सक्रिय छन ।
सप्तरीमा रहेका विभिन्न नाका मध्ये तस्करी लाईन मिलाउन सजिलो रहेका पातो नाका केही दिन देखि प्रहरी प्रशासनको विषेश निगरानीले समान आयत निर्यात वन्द रहेका छन् ।
प्रहरी प्रशासनको सेटिगंमा सप्तरीका केही ठुला व्यापारी र भारतका व्यापारीको संग्लतामा भईरहेको तस्करी मधेश प्रदेशका उच्च प्रहरी प्रशासनको नयाँ नेतृत्वले रोकिएको तस्करी मिलाउन व्यापारीलाई हम्मे परेको श्रोतले जनाएका छन् ।
मरिच, मटर र मदिरा सहित सेटिगंमा प्रतिदिन ठुला सवारी साधनबाट नै तस्करी हुने गरेका श्रोतको दावी रहेका छन् ।
सप्तरीका केही भनाउदा ठुला व्यापारी र प्रशासनको सहयोगमा भईरहेका तस्करी हाल रोकिएकोले लाईन मिलाउन दोवर रकमको खेल भईरहेको श्रोतले जनाएका छन् ।
सप्तरीमा रहेका मुख्य भन्सार नाका तिलाठी वेल्ही सहित पातो छोटी भन्सार र स्वर्णपट्टी नाका मध्ये सवारी साधन आवत जावत गर्न सजिलो रहेकाले स्थानिय व्यापारीको सहयोगमा पातो नाकाबाट लाईन सेटिगंमा तस्करी हुने गरेको श्रोतको दावी रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |