राजविराज । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औ बार्षिकोत्सव आज सम्पन्न भएको छ । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय राजविराजले सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बिहीवार आयेजना गरेको राससको बार्षिकोत्सवको पुर्व संन्धयामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवम अर्थ तथा योजना समितिका संयोजक सतिश कुमार सिँहले फुलको गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेको छ ।
जिम्मेवार पत्रकारिता र राससको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उद्धघाटन पछि अर्थ तथा योजना समितिका संयोजक सिँहले सक्रियरुपमा पत्रकारिता गर्नेहरुलाई सरकारले न्युतम पारिश्रमिक निरधारण गर्नुपर्ने बताए ।
केही युटुवरका कारण पत्रकारिता बदनाम भइरहेका कारण यसलाई पनि रोक्नुपर्ने बताए । सरकारी मिडियाहरु समाजिक संजाल जस्तो गतिलो हुनुपर्नेमा समेत उहाँले जोड दिनुभो ।
कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय समाचार समिति (रासस)का मधेस प्रदेश प्रमुख टिकाराम सुनारले जनताको करबाट सरकारी मिडिया रासस चलिरहेको भन्दै समय समयमा खवरदारी र सहकार्य गर्नुपर्नेमा जोड दिए ।
राससले २४ घण्टा समाचार दिने तैयारी गरिरहेको भन्दै अहिले राससले बिचारसोवा,नेपाली भषा,अङग्रेजी,ओडियो,भिडियो,फोटो र हालेमा आवधी भाषा सुरु गरेको जानकारी दिदै अहिले बदलिदो अवस्थााम राससमा मैथिली भाषाको पनि कुरा चलिरहेकोले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्षा श्रवणकुमार देवले राससले संघीयता अनुरुप यसबर्षदेखि जिल्ला÷जिल्लामा बार्षिकोत्सव मनाउन लागिएको भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
सो क्रममा उहाँले पत्रकारिता पैसा जिम्मेवार भएकाले समाजिक परिर्वतनमा अहम भुमिका खेल्नुपर्ने बताउनुभयो । अहिले डिजिटल युग भएकाले पत्रकारितामा पनि परिर्वतन हुनुपर्नेमा जोड दिदै राससले पनि जालझैलबाट मुक्त भई निशपक्ष समाचार सम्प्रेसन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस स्वतन्त्रता सैनानी एवम बरिष्ठ पत्रकार बैधनाथ झाले पत्रकरिता जिमेवार हुनुपर्ने बताउदै रासस पहिला सरकारको मात्र समाचार दिन्थ्यो तर अहिले युग परिर्वतन भए संगै समाजिक, राजनैतिक र समाजिक न्याय जस्ता समाचारहरु दिन थालिएकोमा खुशि ब्यक्त गर्नुभयो ।
मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झाले राससले भाषागत अवधी भाषामा समाचार सम्प्रेसशन सुरु गरेकोले तत्काल मैथिली भाषामा पनि राससले समाचार सुरु गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघका सल्हाकार मनेहर कुमार पोखरेलले राससले यसबर्ष जिल्लामा बार्षिकोत्सव गर्ने कार्यप्रति शुभकामना दिदै सधै सरकारको पक्षमा समाचार मात्र नभई बिपक्षको पनि समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो ।
जिम्मेवार पत्रकार स्वतन्त्र पत्रकार भएर काम गर्नुपर्ने भन्दै भ्रमपुर्ण समाचारका कारण पनि युटुवरहरुले गर्दा समाजिक बिक्रिति बढि रहेको उहाँले जोड दिनुभयो । राससका पुर्व प्रतिनिधि राजेश कुमार झाले २०५६ सालदेखि राससमा काम गर्दा खेरी कुरियर र फयाक्सबाट समाचार पठाउनुपर्ने अवस्था थियो तर अहिलेको जमानामा इमेल र बिभिन्न माध्यमहरुको बिकास भएका कारण पत्रकारितामा सहज भएको बताउनुभयो ।
अहिले राससमा पहिलाको भन्दा धेरै बिकसीत भएर बिभिन्न भाषामा समाचार सम्प्रेसन भइरहेको बताउदै राससमा मैथिली भाषामा पनि समाचार सम्प्रेसन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राससले मैथिली भाषामा समाचार सम्प्रेसन गरेमा मधेसका ग्राहकले पनि सेवा लिन सकिने उहाँको भनाई थियो ।
केही बर्षदेखि सप्तरीको पत्रकारिता बदनाम भइरहेको भन्दै युटुवरहरुको बिकृतिहरु हटनुपर्ने बताउनुभयो । पत्रकार एवम प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देवले पत्रकारितामा बिकृतिको भेदभाव हटनुपर्ने बताउनुभयो ।
सरकारी मिडियाले महिलाहरुलाई पनि सहभागिता गर्नुपर्ने सप्तरी जिल्ला सहित मधेसका महिलाहरु अवसर नपाएका कारण पत्रकारितामा कमि आएको गुनासो गर्नुभयो । उहाँले भने सरकारी मिडियामा महिला देखिदैन समाचारहरुमा पनि भेदभाव बढी देखिन्छ ।
प्रहरी नायव उपरिक्षक दुण्डीराज न्योपानेले राससले जनतालाई जिम्मेवारी बहन हुने खालको समाचार दिइरहेको भन्दै प्रहरी र पत्रकार नङ्ग र मासुको सम्बन्ध हुने भएकाले सप्तरी जिल्लालाई अपराध मुक्त बनाउनका लागि पत्रकारहरुले पनि सहयोग गनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका जिल्ला अध्यक्ष केदार प्रसद यादवले निस्पक्ष पत्रकारिता हुनुपर्नेमा जोड दिनुभयो ।
राजविराजस्थित राससका जिल्ला कार्यालय प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राससका जिल्ला समाचारदाता अरुणकुमार यादव,नानिमैया कटवाल,सिरहाको लहान कार्यालयका प्रमुख सुदिप राउत, समाचारदाता लोकेन्द्र प्रसाद यादव लगायत बिभिन्न मिडियामा कार्यरत संचारकर्मी,राजनैतिक दलहरुको उपस्थित रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |