राजविराज । लोसपाका केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्यतर्फ सप्तरी २ का प्रत्यसायी जयप्रकाश ठाकुरले राजविराज नगरपालिका ४ मा आफूले खरीद गरेको जग्गामा अहिले केही ब्यक्तिहरु गलत मनसायले दुस्ख दिन खोजेको बताएका छन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी नेता ठाकुरले यस्तो बताएका हुन् । साबिक राजविराज ३ तथा हाल राजविराज ४ को गाउँ ब्लक कित्ता नम्बर ५३५ को १५ कट्ठा ९ धुर मेरो श्रीमति संगिता ठाकुरको नाममा १३ बर्ष अघि नै मालपोतबाट रजिष्टेशन पास भएको जानकारी दिंदै नेता ठाकुरले भने, अहिले आएर उक्त जग्गामा भौतिक संरचना निर्माण गर्दा नगरपालिकाले अवरोध गरेको छ ।
आफुले खरीद गरेको उक्त जग्गामा नयाँ भवन निर्माणका लागि राजविराज नगरपालिका कार्यालयमा नक्सा बनाएर पास गरिदिन दुई लाखबढी राजश्व बुझाईसक्दा पनि निर्माणको अनुमति नपाएको दुस्खेसो सुनाउँदै ठाकुरले भने, नक्सा पासको लागि निवेदन दिएको २५ महिना वितिसक्यो, नक्शा पास नहुँदा आफुलाई आर्थिक नोक्सानीसमेत भइरहँदा बाध्य भएर निर्माण काम अगाडी बढाएको हुँ, अहिले राजनीतिक द्वेषले कार्यबाहक नगरप्रमुखसहितका केही व्यक्तिले आफुलाई बदनाम गर्ने भ्रम फैलाउने कार्य गरिरहेको छ ।
नगरपालिका स्वयंले पठाउने हरेक पत्रमा जग्गाधनी मेरो श्रीमती संगिता कुमारी ठाकुरको नाममा उल्लेख गरिरहेको छु, उनले भने, मलाई बढी जग्गा चाहिएन, मैले खरीद गरेको जग्गा मात्रै मलाई चाहिएको छ, यसमा कुनै ब्यवधान छ भने नगरपालिकाले लम्बयाएर आर्थिक क्षति गर्नु राम्रो होईन् ।
नेता ठाकुरले आयोजना गरेको पत्रकार सम्मेलनमा राजविराज नगरपालिकाका पूर्व मेयर शम्भुप्रसाद यादव, लोसपा सप्तरीका अध्यक्ष सुनिलकुमार झासहितका नेताहरुको उपस्थिती थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |