राजविराज । मैं शराबी नहीं, फिर भी कोई पिला दे तो मैं क्या करूं…, एक तरफ उसका घर, एक तरफ मैकदा…, चांदी जैसा रंग है तेरा सोने जैसे बाल… या फिर हुई महंगी बहुत शराब की थोड़ी थोड़ी पिया करो ‘ना कजरे की धर’, ‘चन्दी जैसा रंग हे तेरा’, ‘आज फिर तुम पे’, ‘चिठ्ठी आयी’ जस्ता धेरै गीत गाएर संगीतलाई आफ्नो मखमली स्वरले श्रोताको मन–मस्तिष्कमा घर बनाएका पंकज उधासले‘ आज आफ्ना फ्यानहरूलाई सधैंका लागि दुःखी बनाएका छन् ।
लामो समयदेखि बिरामी रहेका चर्चित गजल गायक पंकज उधासको आज सोमबार ७२ वर्षमा निधन भएको छ । आफ्ना गजलहरूद्वारा उहाँले मानिसहरूलाई आध्यात्मिक संगीतमा परिचित गराएका छन् । विगत केही दिनदेखि बिरामी रहेका गजल गायक उधासको आज बिहान ११ बजे मुम्बईको मायानगरीमा निधन भएको हो ।
पंकज उधासको चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाए । पंकज उधास हामी माझ नभए पनि उनका ‘चिठी आयी’, ‘और आहिस्ता करिये बाते’ जस्ता गीतहरु जनताको मनमा सधै अमर रहनेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |