राजविराज । सप्तरीको सप्तकोसी नगरपालिका -३ सखबनी नयाँ बस्तीमा छोराले बुबाको हत्या गरेका छन् । बुधबार बिहान २२ वर्षीय लालदेब सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय आफ्नो बुबा हिराई सदाको हत्या गरेका हुन् ।
बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो घाँटीमा प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् । आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारले उनको टाउको र हातमा चोट लागेको छ । अहिले उनको फतेपुरस्थित स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |