राजविराज । नेपाल पत्रकार महासँघको ६९ औं स्थापना दिवसको अवसरमा शाखा सप्तरीले रक्तदान कार्यक्रम गरेको छ ।
शुक्रबार गजेन्द्र नारायण सिह अस्पताल स्थित रहेको रक्तदान सञ्चार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाएको हो ।
रक्तदान गर्नेमा नेपाल पत्रकार महासँघ सप्तरी शाखाका सह-सचिव गोपाल प्रसाद गुप्ता, प्रेस मचका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व सचिव जितेन्द्र कुमार झा, सञ्चारकर्मी रामशंकर भण्डारी त्यस्तै सशस्त्र प्रहरी वल न. ६ गणका अर्जुन सिह दनुवार, कुमार कार्की, राजकुमार माझी रहेका छन् ।
उक्त अवसरमा नेपाल पत्रकार महासँघका अध्यक्ष श्रवण देव , पूर्वअध्यक्ष बैधनाथ झा, प्रेस मंचका महासचिव अवधेश झा, प्रेस मंचका केन्द्रिय सदस्य चन्दन यादव, वृजमान तमागं, प्रेस मंच सप्तरीका अध्यक्ष भूषण सिँह, शाखा सप्तरीका सचिव रामनारायण विश्वास, सदस्य विद्यानन्द राम, कृष्णा मण्डल, राजेन्द्र मिश्र,परिष कर्ण, सञ्चारकर्मी गणेशा लाल देव, बिन्दु यादव, रामनाथ यादव, ओमप्रकाश साह, रक्त सञ्चार केन्द्रका नवीन झा लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |