राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज आइतबार सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट ७१ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
राजविराजस्थित हयाप्पील्यान्ड सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट २८ जना ,राजदेवी मावि परीक्षा केन्द्रबाट १२ जना ,पवि मावि बाट १० जना, केअ माविबाट ७ जना, नरेन्द्र मेमोरियल मावि बाट ६ जना तथा इटहरी विष्णुपुर परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए ।
परीक्षार्थीले परीक्षा हलमा आचारसंहिता विपरीत मोबाइल लिएर परीक्षा दिएको पाएपछि उनीहरूको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ ।
एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी भएका छन् जस मध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम विद्यार्थी सप्तरीबाट रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |