राजबिराज । नेपाल क्रिकेट संघ (क्यान) ले हङ्कङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि घोषणा गरिएको राष्ट्रिय टोलीमा सप्तरीका बिवेक यादब परेका छन ।
नेपाल र हङ्कङ बिचको टी–२० क्रिकेट शृङ्खला मार्च ९ देखि १३ तारिख सम्म सञ्चालन हुने टोलीमा राष्ट्रिय टोलीमा सप्तरीका बिवेक यादब छनोट भएको हो ।
अहिले काठमान्डौ जारी नाबिविया, नेदरल्यान्ड, र नेपाल बिच भईरहेको टि -२० सिरिजमा बिवेक यादब नेपाली टोलीको सदस्यमा रहेको छ । हङ्कङ र पिएनजी टि- २० सिरिजको उक्त शृङ्खला हङ्कङमा खेलिने छ । टोलीमा विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रासिद खानलाई पनि हङ्कङविरुद्धको शृङ्खलाका लागि टोलीमा समेटिएको छ ।
रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा र सन्दीप जोरा रहेका छन् । यसैगरी टोलीमा आरिफ शेख, विवेक यादब, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाष बोहरा पनि रहेका छन् ।
पछिल्लो समय क्यानडा, नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृङ्खलामा सहभागिता जनाउँदै आएका केही सिनियर खेलाडीलाई भने आराम दिइएको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल साहलाई आराम दिइएको हो । शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल मार्च ९ तारिखमा आयोजक हङ्कङसँग खेल्नेछ ।
त्रिकोणात्मक शृङ्खलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी (पीएनजी) रहेको छ । नेपाल र पीएनजी बिचको खेल मार्च १२ तारिखमा खेलिने क्यानले जनाएको छ ।
नेपालले निकट भविष्यमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेल्न लागेको हो । हाल घरेलु मैदानमा जारी टी–२० शृङ्खलामा पनि नेपाली फाइनलमा पुगिसकेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |