राजविराज । सप्तरीमा रहेका छोटी भन्सार नाकाहरू तस्करीको अखडा बन्दै गएका छन् । नेपालबाट चाइनिज समान, सुपाडी, लसुन, मरिच, मदिरा, ग्याँस लाइटर, स्याउ, कस्मेटिक्स लगायतका समानको भारत निकासी भईरहेको छ भने भारतबाट धान, चामल, प्याज, फलफूल, तरकारी, हार्डवेयर, मोटर पार्टस्, गुट्खा, सुर्ती, चिनीलगायतका सामान आईरहेको छ ।
सप्तरी स्थित छोटी भन्सार रहेका बनैनिया, पातो, राम नगर कोदरकट्टी र बेल्ही नाकाबाट तस्करी भइ माल समानहरु सहजै नेपाल र भारत भित्रिने गर्छन ।
सप्तरी र सिरहाका सक्रिय केही तस्कर गिरोहले स्थानीय जनप्रतिनिधि, व्यापारी, पुलिस, नेताहरूको संलग्नतामा राती राती ठुलै सवारी साधन मार्फत नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ समान तस्करी भइरहेको सीमावर्ती क्षेत्रका बासिन्दाहरु बताउँछन् ।
नेपालबाट भारत तर्फ तस्करीमा सिरहाका हरेराम यादव, प्रकाश गुप्ता र गोपाल गुप्ता रहेका छन् भने सप्तरीका मो. अजिज, सागिर मिया, ओम प्रकाश यादव लगायतको संगलन रहेको श्रोतले जनाएका छन् ।
यसरी सेटिगंमा भएको तस्करीले गर्दा नेपाल सरकारको ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको प्रति सुरक्षा निकाय लगायत सरोकारवालाहरूको ध्यानाकर्षण जानु आवश्यक रहेको जानकारहरू बताउँछन् ।
यता दुई पैसा बचाउने लोभमा सीमावर्ती बजारहरुवाट दैनिक उपभोग्य सामग्री ल्याउने आम सर्वसाधारणको झोला उपर गिद्ध दृष्टि राख्ने केही सुरक्षा निकाय, भन्सार कर्मचारीको कारण सर्वसाधारण हैरान भएको देखिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |