राजविराज । आज महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । सप्तरी लगायत देशैभरि बिहानैदेखि शिवालयहरुमा दर्शनार्थी भक्तजनको घुइँचो लागेको छ ।
बिहानैदेखि सप्तरीको शम्भूनाथ, राजदेवी मन्दिर परिसरमा रहेको शिव मन्दिर, महदेवाको अंकुरीनाथ, बलुवाको शिवमन्दिर, सकरपुराको जलेश्बर नाथ, तिलाठीको नर्मदेश्वरनाथ मन्दिर लगायत शिवालयहरुमा भक्तजनहरुको भिडभाड लागेको छ ।
त्यस्तै, काठमाडौं स्थित पशुपति मन्दिरमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |