राजबिराज । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजबिराजको कार्यालय भवन निर्माण कार्यमा काम गरेपनि भुक्तानी नदिएको भन्दै भुक्तानीको लागि आग्रह गरेको छ ।
सोमवार राधा कृष्ण निर्माण सेवा राजबिराजका निर्देशक बिनोद साफीले पत्रकार सम्मेलन मार्फत हाल सम्म काम गरेको भुक्तानी नपाएको भन्दै आफू अन्यायमा परेकोले भुक्तानी पाउन सरोकारवालाहरू आग्रह गरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र को कार्यालय भवनको लागि राधा कृष्णा निर्माण समिति र विज्ञ केन्द्र बिच २०८० बैशाख २९ गते कार्यादेश र २६ गते सम्झौता अनुसार निर्माण कार्यको वार्षिक काम अनुसार भुक्तानी नपाएको गुनासो गरे ।
सम्झौता अनुसार कार्य सुरु गरी २०८० असार २० गते सम्म ५० लाख भुक्तानी पाइसके र दोस्रो तल्लाको कार्य असोज २९ गते सम्म सम्पन्न गरे ।
तर सोही अनुसार ६६ लाख २६ हजार ५ सय ४२ रुपैयाँ लगानी गरे तर अहिले सम्म उक्त रकम भुक्तानी केन्द्रले उपलब्ध गराउन आलटाल गरेको निर्माण सेवाका अध्यक्ष कौशल्या कुमारी रजकले बताइनँ ।
उक्त १८ कोठे तीन तल्ले भवन मधेश प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत ४ करोड ८ लाख बजेट बिनियोजन गरेको र उक्त योजना सम्पन्न गर्नका लागि ०८१ असार १५ गते निर्माणका अन्तिम म्याद को सम्झौता समेत भइसकेकोले तत्काल सम्पन्न कार्यको भुक्तानीको लागि सम्बन्धी निकायलाई आग्रह गरेकी छिन।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजबिराजका कार्यालय प्रमुख शंकर साहले सम्पन्न निर्माण कार्यमा अख्तियार टोलीको छानबिन भइरहेको, सैद्वान्तिक बेरुजु र प्रक्रिया नपुगेको बहानामा भुक्तानी दिन अटेर गरिरहेको निर्देशक बिनोद साफीले आरोप लगाए ।
निर्देशक साफी अनुसार अख्तियार अनुसन्धान कार्यालयले निर्माण कार्य नरोक्न निर्देशन समेत दिइसकेकोले तोकिएको म्याद भित्र कार्य सम्पन्न गर्न समेत समस्या हुने भएको सम्पन्न कार्य भुक्तानी उपलब्ध गराई अगाडिको निर्माण सुचारू गर्ने वातावरण बनाई दिन सम्बन्धी निकायलाई आग्रह गर्दछु ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |