राजविराज । पूर्वाधार विकास कार्यालय सप्तरीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । मधेश प्रदेशका पूर्व शिक्षा मन्त्री तथा जनमत पार्टीका नेता महेश प्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविण प्रताप अधिकारी माथि हातपात गरेको विरोधमा उनीहरू आन्दोलनमा उत्रेका छन् ।
दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन तथा कार्यालयको सम्पुर्ण कामकाज बन्द गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरूले उक्त घटना पश्चात त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकोले सुरक्षित वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
मधेश प्रदेशका सांसद सकिल मियाँले पनि कार्यालयमा पटकपटक टेबुल ठोक्ने तथा गालीगलौज गर्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । दोषी उपर कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |