राजविराज । भ्रष्टाचारसम्बन्धी मुद्दामा सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई बिशेष अदालतले सफाइ दिएको छ ।
बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको शुक्रबार बसेको इजलासले गाउँपालिका अध्यक्ष यादव सहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई सफाइ दिने फैसला गरेको बिशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
बिशेष अदालतले सफाइ दिने फैसला गरेसंगै उमेश यादव पुन: गाउँपालिका अध्यक्षमा फर्किने भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |