राजविराज । सप्तरी फोटोग्राफर परिवार संघमा आवद्ध रहेका सदस्य कालु श्रेष्ठको असमाहिक निधन भएको प्रति सप्तरी फोटोग्राफर परिवार संघले दुःख व्यक्त गरेको छ ।
विहीबार संघका अध्यक्ष रमेश कुमार राउतले एक शोक सन्देश जारी गर्दै यस दुःखद घडीमा परिवारजनलाई माता कंकालिनी भगवतीले धैर्य धारण गर्ने शक्ति प्रदान प्रदान गरुन् भन्ने कामना गरेको छ।
स्वर्गीय श्रेष्ठको शोकमा संघले शनिवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका सबै फोटो स्टुडियो बन्द रहनेछ । साथै जिल्लाका अन्य ठाउँमा शनिवार दिउँसो १२ बजे सम्म स्टुडियो बन्द रहने संघ द्वारा जारी शोक सन्देशमा उल्लेख गरिएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका -१ भारदह घर भएका स्वर्गीय श्रेष्ठ सुरेश डिजिटल स्टुडियो भारदहमा कार्यरत रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |