राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अधिवेशन बैशाख १६ गते हुने भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट प्राप्त निर्देशन तथा महासंघको सोमबार बसेको कार्यसमिति बैठकले यहि बैशाख १६ गतेलाई अधिवेशन गर्ने भनी निर्णय गरेको महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
अधिवेशनको स्थान पछि सूचना मार्फत जानकारी गराउने महासंघ शाखा सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । अधिवेशनमा केन्द्रिय सर्कुलर बमोजिम २०७९ साल सम्म सदस्यता नवीकरण गराएका शाखा सप्तरी आवद्ध सदस्यहरूलाई सहभागिताको लागि सोही प्रेस विज्ञप्ति मार्फत आव्हान समेत गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |