राजविराज । बजार अनुगमनका क्रममा सप्तरीको राजविराजमा सोमबार पाँच व्यापारी नगद जरिवानाको कारबाहीमा परेका छन् ।
भारतीय प्रतिबन्धित सामान, लेबल नभएको सामान र बिल बिजक नभएको सामान बिक्री गरेको पाइएपछि व्यापारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेहरुमा राजविराज वार्ड नम्बर ७ स्थित गोपाल एन्ड जेनेरल स्टोर, सिफा फ्रुट सेन्टर आरयुपी जेनेरल सप्लायर्स, अनिल किराना र वार्ड नम्बर ६ स्थित सन्तोष किराना पसललाई कारबाही स्वरुप ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको अनुगमन टोलीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रहरी प्रमुख गजुसिद्दी बज्राचार्य, शस्त्र एसपी, अनुसन्धान एसपी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |